८ वैशाख २०८१ शनिबार
खेल

म्यानचेस्टर सिटी , लेस्टर र रियल मड्रिड विजयी

मड्रिड–युरोयिन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी र  रियल मड्रिड विजयी  भएका छन्।
म्यानचेस्टर सिटीले बोरुसिया मोनचाङलेबाचलाई पराजित गर्दा लेस्टर सिटीले क्लब बुर्जी र रियल मड्रिडले स्र्पाेटिङ लिस्बनलाई पराजित गरेको हो। यता टोटनह्याम भने मोनाकोसँग पराजित भएको छ।

मंगलबार खराब मौसमका कारण खेल स्थगन भएपछि बोरुसिया मोनचाङलेबाच विरुद्ध फेरि मैदानमा उत्रिएको म्यानचेस्ट सिटीले ४–० गोल अन्तरको सहज जित हात पार्यो। उसको जितमा अर्जेन्टाइन स्ट्राइकर सर्जियो एग्युरोले ह्याट्रिक गरे।  खेलको ८ औं  मिनेटमा टोलिलाई सुरुवाती अग्रता दिलाएका एग्युरोले खेलको २८ औं मिनेटमा टोलीको अग्रता दोब्बर पारेका थिए। खेलको ७७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरेका थिए।

खेलको अतिरिक्त समयमा थप एक गोल गर्दै इहिनाचोले सिटीलाई ४–० को सहज जित दिलाए।
त्यस्तै समूह जि अन्तर्गतको खेलमा लेस्टर सिटीले बेल्जियमको क्लब बुर्जलाई ३–० ले पराजित गर्यो। उसको जितमा खेलको पाचौै मिनेटमा

अल्र्बङटोलले एक तथा महरेजले खेलको २९ औं तथा ६१ औ मिनेटमा गरी दुई गोल गरेका थिए। त्यस्तै डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्र्पाेटिङ लिस्बनमाथि २–१ को कठिन जित हात पारेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको दोस्रो हाफको सुरुवातमा सिजर जानाकीले गोल गर्दै लेस्बनलाई अप्रत्यासित अग्रता दिलाएका थिए।

तर, खेल सकिन एक मिनेट बाँकी रहँदा क्रिस्टियानो रोनाल्डोले फ्रि–किकमार्फत गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यस्तै खेलको ९० औं मिनेटमा गोल गर्दै अल्भारो माराटोले रियलाई २–१ गोल अन्तरको जित  दिलाएका थिए। त्यस्तै च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति नै सम्पन्न अन्य  खेलमा  मोनाकोले टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

 

प्रकाशित: ३० भाद्र २०७३ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App