coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारको निष्कर्ष : कञ्चनपुर घटनालाई केही तत्वले उत्तेजक बनाउन खोजे

काठमाडौं– सरकारले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कानूनी दायरामा ल्याएरै छाड्ने जनाएको छ। 

पन्तका हत्यारालाई कारवाहीको माग गर्दै मंगलबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा जारी स्थानीयको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय सनी खुनाको मृत्युपछि शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। 

बैठकले घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको परिप्रेक्ष्यमा केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउन खोजेको भन्दै खेद समेत व्यक्त गरेको छ। 

उक्त घटनाप्रति आफूहरु संवेदनशील रहेको र दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि सरकारको रहेको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए।  उनका अनुसार आन्दोलन स्थगित गरेर छानविनमा सघाउन मन्त्रिपरिषदले कञ्चनपुरवासीलाई आग्रह समेत गरेको छ।

प्रकाशित: ८ भाद्र २०७५ १६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App