७ वैशाख २०८१ शुक्रबार
कला

सुनिताको तीज कोसेली ‘क्यारम मायालाई’ सार्वजनिक

काठमाडौँ । गायिका सुनिता अधिकारीले तीजको कोसेली ‘क्यारम् मायालाई’ सार्वजनिक गरेकी छिन्। ‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीतकाे म्युजिक भिडियाे बजारमा ल्याएकी हुन्। उनको एकल स्वर रहेको गीतमा अभिनय पनि सुनिता आफैले गरेकी छिन्। उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन्। 

शिव हमालको शब्द र लय रहेको गीतको निर्देशन गणेश पाण्डेले गरेका हुन्। गीतमा प्रकाश भट्टको कोरियोग्राफी रहेको छ। 

यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन्। गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो। गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन्। 

तीजका नाममा अनेक विकृति फैलिरहेका बेला आफ्नो मौलिक गीतले दर्शक र स्रोताहरुको मन जित्ने सुनिताको विश्वास छ।

भिडियोः

 

प्रकाशित: ८ भाद्र २०७५ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App