८ वैशाख २०८१ शनिबार
खेल

दाेस्राे अभ्यास खेलमा नेपालद्वारा ब्लुमफिल्डसामु ३ सय २४ रनकाे चुनाैती प्रस्तुत

काठमाडाैं - मलेसियामा हुने एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोश्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले दिपेन्द्रसिंह ऐरी र सागर पुनको उत्कृष्ट ब्याटिङमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोडेको हो।

नेपालका तर्फवाट उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्ने क्रममा दिपेन्द्र सिंह ऐरिले सर्वाधिक १ सय २१ रन जोडे। उनले ९६ बलको सामना गर्दै ९ चौका र ५ छक्काको मद्दतमा १ सय २१ रन जोडेका हुन्। यस्तै सागर पुनले ८३ बलको सामना गर्दै ९२ रन जोडे। उनले ८ चौका र ३ छक्का प्रहार गरे। ८४ रनमा ४ विकेट गुमाइसकेको अवस्थामा नेपालका मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल विशाल योगफल तर्फ उन्मुख भएको थियो।

दिपेन्द्र र सागरले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए। यस्तै अनिल शाह १७ , पारस खड्का २३, सुवास खकुरेल ९ तथा रोहितले ११ रन जोड्दा करन केसीले १२ बलमा २६ रन जोडेका थिए। यसअघि आर्मी क्लब विरुद्ध भएको खेलमा नेपाल ६७ रनले विजयी भएकाे थियाे। आजको खेलमा ज्ञानेन्द्र मल्ल विनोद भण्डारी तथा सोमपाल कामीलाई टोलीमा समावेस गरिएको छैन। 

प्रकाशित: ८ भाद्र २०७५ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App