८ वैशाख २०८१ शनिबार
समाज

कुटपीटबाट घाइते भएका बीसे कामीको मृत्यु

बाजुरा – कुटपीटबाट गम्भीर घाइते भएका गौमुल गाउँपालिका– ४ का बीसे कामीको उपचारका क्रममा मृत्यु भएको छ। गएको चैत्र २ गते स्थानीयको कुटाइबाट गम्भीर घाइते बनेका कामीको उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा भदौ ५ गते राती मृत्यु भएको हो।

कामीलाई गौमुल गाउँपालिकाकै सुके रोकाया, भवि रोकाया, धन बहादुर रोकाया र धनगिरी रोकायाले कुटपीट गरेको आरोप सहीत जिल्ला अदालतमा मुद्दा परेको छ। राजनीतिक पूर्वाग्रह र व्यक्तिगत रिसिबी कै कारण कुटपीट गरेको आरोप मृतक कामीका परिवारको छ।
    
भारतको नयाँ दिल्लीसम्म पुगेर पनि उपचार संभव नभएपछि आफन्तले फिर्ता ल्याएर जिल्ला स्वास्थ्य कार्यालयमा भर्ना गरेका थिए। चोटका कारण छेद–विच्छेद बनेका कामीको शरिर नै पछिल्लो समय कुहिदै गएको थियो।    

विपन्न भएकै कारण आर्थिक श्रोत जुटाउन नसक्दा सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नसक्दा मृत्यु भएको मृतककी श्रीमति रिटु कामीको दुखेसो छ।  भएको श्रोतले बचाउनका लागि भरपुर प्रयास गर्दा पनि संभव नभएपछि अन्नत आफ्नै जिल्लामा ल्याएको मृतककी श्रीमति रिठु कामीको भनाइ छ।

राजनीतिक आग्रहकै कारण बीच बाटोमा एक्लो भेटेको अवस्था पारेर साङ्घातीक आक्रमण गरेको परिवारको दाबी छ। कुटपीटपछि कामीलाई नजिकैको खोलामा फालिएको अवस्थामा आफन्तले भेटेका थिए।

कामीको शुक्रबार पोष्टमार्टम सहीत आफन्तले दाहसंस्कार गरेका छन्। कामीको मृत्युसँगै तीन सन्तान र निजकी श्रीमति बेसाहारा बनेका छन्। ४५ वर्षीय कामीको मृत्यु लगत्तै ज्यान उद्योगमा दर्ता भएको मुद्दा प्रक्रियागत रुपमा अघि बढ्ने कानुन व्यवसायीको भनाइ छ।

प्रकाशित: ८ भाद्र २०७५ ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App