७ वैशाख २०८१ शुक्रबार
समाज

#जस्टिसफरनिर्मला ट्वीटरको ट्रेन्डिङमा

काठमाडौं–१३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनका मूख्य अभियुक्त पक्राउ गर्न नसकेको भन्दै कञ्चनपुरमा स्थानीयको आन्दोलन चर्केसँगै सामाजिक सञ्जाल ट्वीटरमा पनि यो विषय ट्रेन्डिङमा आएको छ।
ट्वीटरमा #JusticeForNirmala (निर्मलालाई न्याय)सहित निर्मलाको हत्या घटनमा सरकारले गम्भिर छनविन गर्नुपर्ने र दोषीलाई कारबाही गर्न माग गरिएका पोष्टहरु राखिएका छन्।

हत्याको अभियुक्त भन्दै सरकारले ४ दिन पहिले दिलिप सिंह विष्टलाई प्रहरीले पक्राउ गरेपछि स्थानीय असन्तुष्ट रहँदै आएका छन्। खास अभियुक्तलाई जोगाउन र राजनीतिक संरक्षण दिन सरकार लागिपरेको भन्दै आन्दोलन चर्किएको हो।
निर्मला हत्याको निष्पक्ष छानविन र दोषीमाथि कारबाही गर्न सरकारलाई दवाव दिन सामाजिक सञ्जाल प्रयोगकर्ताले शनिवार अपरान्ह माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत तय गरेका छन्।

 

प्रकाशित: ८ भाद्र २०७५ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App