८ वैशाख २०८१ शनिबार
अर्थ

एनसेलले ल्यायो ‘लेट्जगो’ एप

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले यात्रुलाई सार्वजनिक सवारी साधनबारे पूर्वजानकारी दिने उद्देश्यले ‘लेट्जगो’ नामक मोबाइल एप सार्वजनिक गरेको छ। काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिलाई आफ्नो रुटमा चल्ने बसको सहज रुपमा पूर्वजानकारी लिन यो एपले सहयोग गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले रामलक्ष्मण इनोभेसन्स् प्राइभेट लिमिटेडसँग सहकार्य गरेर यो मोबाइल एप ल्याएको हो। यसमार्फत प्रयोगकर्ताले अब सहजै विभिन्न रुटमा चल्ने बस हाल कहाँ छन् र आफूले चढ्न चाहेको बस कति समयको अन्तरालमा आफूलाई पायक पर्ने बिसौनीमा आइपुग्छ भन्ने जानकारी प्राप्त गर्न सक्नेछ।

‘लेट्जगो एप शुक्रबारबाट सञ्चालनमा आउँदैछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा छ, ‘एनसेलको सिम प्रयोगकर्ताले शुक्रबारबाटै उक्त एपको सेवा लिँदै बस स्ट्यान्डमा लामो प्रतीक्षा गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन्।’ सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउन यसले सहयोग पु-याउने कम्पनीको भनाइ छ।

प्रकाशित: ८ भाद्र २०७५ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App