७ वैशाख २०८१ शुक्रबार
खेल

टेबल टेनिस टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली टेबल टेनिस टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ। 

इन्डोनेसियाको जकार्ता र पालेबाङमा जारी प्रतियोगितमा सहभागिता जनाउने नेपाली टोलीलाई नेपाल टेबल टेनिस संघले बिहीबार बिदाई गरेको हो। 

भाद्र १० देखि १६ गत सम्म आयोजना हुने प्रतिस्पर्धामा नेपालबाट  पुरुषतर्फ स्यान्टु श्रेष्ठ, दीप साउन र अमरलाल मल्ल तथा महिलातर्फ नविता श्रेष्ठ, स्वेक्षा नेम्वाङ र रविना महर्जनले सहभागिता जनाउनेछन् । यस्तै टिम प्रशिक्षकको रूपमा अनिल घिमिरे र सञ्जीव ढुङ्गेल तथा टिम व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही रहेका छन्।

 

प्रकाशित: ८ भाद्र २०७५ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App