८ वैशाख २०८१ शनिबार
समाज

सारा शेर्पा पत्रकारिता पुरस्कार बुढाथोकीलाई

कठमाडौं- हवाईजहाज दुर्घटनमा परेर मृत्यु भएकी एअर होस्टेज सारा शेर्पाको नाममा स्थापना गरिएको ‘सारा शेर्पा पत्रकारिता पुरस्कार २०७५’ बाट नागरिक दैनिकका खिलक बुढाथोकीलाई सम्मान गरिने भएको छ।

शेर्पा पत्रकार संघ नेपालले वार्षिक रुपमा प्रदान गर्ने पुरस्कार शेर्पा तथा आरोहीहरुको क्षेत्रमा कलम चलाएको भन्दै बुढाथोकीलाई सम्मान गर्न लागेको संघका सचिव कर्म शेर्पाले जानकारी दिए। बुढाथोकीले आरोही र हिमाली क्षेत्रमा चासो राखेर कलम चलाउँदै आएका छन्।

त्यसैगरी संघले स्काई मेमोरियल पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिककी सोनाम याङजी शेर्पालाई सम्मान गर्ने भएको छ। शेर्पा लेखिका लाक्पा फुटी शेर्पा पर्यटन पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका छेटु शेर्पालाई सम्मान गर्ने निर्णय छनौट समितिको बुधबार बसेको बैठकले गरेको शेर्पाले जानकारी दिए।

पुरस्कार भाद्र १३ गते राजधानीमा हुने संघको साधरणसभाको अवसरमा वितरण हुनेछ।

संघले अघिल्लो वर्ष एभरेष्ट टाइम्सका आङछिरिङ शेर्पा, रेडियो नेपालकी मिङमा शेर्पा, दि हिमालयन टाइम्सका राजन पोखरेल र एभिन्यूज टेलिभिजनका लाक्पा शेर्पालाई पुरस्कृत गरेको थियो।

२०६८ भदौ ८ गते मकवानपुरमा भएको अग्नि एअरको जहाज दुघर्टना हुँदा एअर होस्टेज सारा सहित १४ जनाको मृत्यु भएको थियो।

सोही दुर्घटनामा मृत्यु हुने सारा शेर्पा, जापानी नागरिक केन्द्र र अमेरिकन नागरिक युकीको सम्झनामा स्काई मेमोरियल फाउन्डेसन सञ्चालन गरिएको छ। उक्त फाउन्डेसनले मकवानपुरको फापरबारी, शिखरपुर, मन्थली लगायतका क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको काम गर्दै आएको फाउन्डेसनका अध्यक्ष दार्जी छिरिङ शेर्पाले जानकारी दिए। त्यसैगरी फाउन्डेसनले काठमाडौंमा पनि अंपागको क्षेत्रमा काम गर्दै आएको छ। दुबै पुस्कार १० हजार राशीका हुन् ।

प्रकाशित: ७ भाद्र २०७५ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App