coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वन्यजन्तुको आखेटोपहार सहित दुई पक्राउ

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ।व्यूरोले काठमाडाैंकाे टोखा नगरपालिका १० सामाखुशी चोकबाट आखेटोपहारसहित पक्राउ परेका उनीहरुलाई विहिवार सार्वजनिक गरेको हो। कस्तुरीको बिना एक थानसहित काठमाडाैं तारकेश्वर नगरपालिका १ का विजय लामा तथा नुवाकोट शिवपुरी गाँउपालिका ६ का सन्तोषकुमार तामाङलाई ब्यूरोले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

लामा रेडपाण्डाको छालासहित पक्राउ परी केही समयअघि मात्र जिल्ला अदालत काठमाडौंबाट रु पाँच लाख धरौटीमा छुटेका व्यक्ति रहेको ब्यूरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए। पक्राउ परेका दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा चलाइने ब्युरोले जनाएको छ। रासस

प्रकाशित: ७ भाद्र २०७५ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App