coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संखुवासभा–हिले सडक दैनिक ९ घण्टा बन्द गरिने

संखुवासभा – संखुवासभा र धनकुटाको हिले जोड्ने संखुवासभा–हिले सडकखण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। वर्षायाममा यात्रुहरूलाई समस्या भएको भन्दै यो सडकखण्कोे स्तरोन्नती गरिने भएको छ।

संखुवासभाको तुम्लिङ्गटार हुदै धनकुटाको हिले निस्कने सडकखण्ड अन्तर्गत सभाखोला देखि सातटारेसम्मको सडक तीन मिटरको मात्रै भएको र यातायात संचालनमा समस्या भएको भन्दै सडक चौडा पारिने भएको हो। सडक चौडा गर्नका लागि बुधबारदेखि दैनिक ९ घण्टा यातायात बन्द गरेर काम सुचारु गरिएको निर्माण कम्पनी रौताहा सन्तोसी जेभीले जनाएको छ। 

सडकको चौडा सानो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले दैनिक बिहान ६ बजे देखि ११ बजेसम्म र दिउँसो २ बजे देखि बेलुकी ६ बजेसम्म सडक चौडा पार्ने काम सुचारु गर्नका लागि सरोकारवाला सबैमा जानकारी गराई काम सुरुवात गरिएको तुम्लिङ्गटार सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख त्रिलोकनाथ घिमिरेले बताए।

सडक स्तरोन्नतिको समयमा वैकल्पिक मार्ग सभाखोलादेखि खराङ्ग हुँदै पिलुवा निस्कने सडक प्रयोग गर्न जिल्ला प्रशासनसँग अनुमति मागेको समेत डिभिजन प्रमुखले जानकारी दिए। बुधबारबाट शुरु भएको सडक चौडा गर्ने काम भाद्र मसान्तसम्म एक महिना लाग्ने उनले जनाकारी दिए। यो संखुवासभाबाट धरान, धनकुटा, बिराटनगर र काठमाडौं जाने मुख्य सडक हो।

प्रकाशित: ७ भाद्र २०७५ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App