काठमाडौ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै सरकारका गतिविधि प्रति असन्तुष्टि जनाएका छन्। बिहिबार पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको अाठाैं वार्षिकाेत्सव कार्यक्रम उद्धाटन गर्नेक्रममा दाहालले निजी क्षेत्र प्रति सरकारको रवैया नकारात्मक रहेको औल्याएका हुन्।
राज्य र उच्च तहका कर्मचारीले निजी क्षेत्रलाई हेर्ने द्रिष्टिकोण अत्यन्तै नकारात्मक रहेको उनको भनाइ थियो। ‘अहिलेको सरकारले नाफा कमाउन अङ्कुश लगाउने, नाफा कमाएमा व्यवसायीलाई थुन्नेसमेत गरेको छ,’ उनले भने, ‘सरकारले यस्तो कार्यलाई तत्काल बन्द गर्नुपर्छ । निजी क्षेत्रले नाफा नै कमाउनु हुँदैन भन्ने मान्यता नै गलत हो।
शासक र कर्मचारीतन्त्र प्रति पनि दाहालले आलोचना गरेका थिए। ‘निजीक्षेत्र जसरी दुहे पनि मिल्ने दुहुनो गाई हो भन्ने मानसिकता राज्य र कर्मचारीतन्त्रमा व्याप्त छ। यस्तो मानसिकताले लगानी प्रवद्र्धन गर्दैन,’ उनले भने, ‘सरकारमा बस्नेले निजी क्षेत्र ठग हो भन्ने सोच राखेर काम गर्छन। व्यवसायीलाई नाफा कमाउन नदिने हो भने कसरी लगानी वृद्धि हुन्छ, कसरी नयाँ लगानी थपिन्छ?’
अहिले निजी क्षेत्रले धेरै समस्या भोगिरहेको आफूले पाएको भन्दै सरकारले निजी क्षेत्रमैत्रीे नीति, नियम तथा कानुनहरु बनाउन नसकेको भन्दै सरकारकै आलोचना गरे। नेपालमा लगानीको वातावरण संरक्षण र सुरक्षाको प्रत्याभूति राज्यको संरक्षण तथा लगानीको संरक्षण छ भन्ने कुरा स्थापित गर्न नाफा कमाउन प्रोत्साहन गर्नुपर्ने अध्यक्ष दाहालले बताए ।
प्रकाशित: ७ भाद्र २०७५ ०७:४१ बिहीबार