७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोको जोखिमले विद्यालय बन्द

नुवाकोट – निरन्तरको वर्षातका कारण पहिरो जाने जोखिम बढेपछि नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ५ गणेस्थानमा रहेको जालपादेवी आधारभूत विद्यालय बन्द गरिएको छ। विद्यालय असुरक्षित महसुस गरी बुधबारदेखि पाँच दिनको लागी विद्यालय बन्द गरिएको हो। 

एकसय मिटर माथिबाट जमिन चिरा परेर पहिरो बग्न थालेपछि उत्पन्न जोखिम ब्यवस्थापनको लागी भन्दै विद्यालयले विद्यार्थीलाई बिदा दिएको प्रधानाध्यापक लोकनाथ भट्टराईले जानकारी दिए। “अघिल्लो वर्षहरूमा त्यस्तो जोखिम केही देखिएको थिएन। यो वर्ष बर्षा निरन्तर भइरहेको छ। विद्यालय माथिको भाग चिरा चिरा परेर बग्न थालेको छ।” प्रधानाध्यापक भट्टराईले भने, “भूकम्प गएको समयमा पनि जमिन चिरिएको थियो। विद्यालय रहेको बस्ति जोखिम हो कि होइन भनेर भूगर्भविदहरूलाई ल्याएर जाच गराउने तयारीमा छौँ।”

विस.२०४५ साल देखि पढाई हुँदै आएको यस विद्यालयमा बाल कक्षा देखि कक्षा पाँचसम्म अध्ययापन हुन्छ। भूकम्पले विद्यालयको भवनमा क्षति पुर्याएपछि रुम टु रिडको सहयोगमा दुई कोठे पक्कि भवन निर्माण गरिएको थियो। पहिरोको कारण विद्यालय जोखिममा परेपछि त्यहाँ अध्ययनरत ८२ जना विद्यार्थीको पढाई प्रभावित बन्न पुगेको छ। 

पहिरोको कारण विद्यालय भन्दा माथि रहेको जालपादेवी मन्दिर सहित स्थानीयबासीका पाँच घरधुरी समेत जोखिममा परेका छन्। यस्तै विद्यालय भन्दा तल पर्ने एकसय भन्दा बढी घरपरिवार पनि पहिरोको जोखिममा पर्ने देखिएको छ।   

प्रकाशित: ७ भाद्र २०७५ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App