महर्जनलाई राष्ट्रिय टोलीको जिम्मेवारी

बिहिबार, ०७ भदौ २०७५, ०९ : ५१ नागरिक

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ।

एन्फा मुख्यालय सातदोबाटोमा बुधबार बसेको कार्यसमितिको आकस्मिक बैठकले सहायक प्रशिक्षक महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक ग्युतोकु कोजीको श्रम स्वीकृति सकिएको भन्दै अध्यागमन विभागले उनलाई नेपाल प्रवेशमा एक वर्षको प्रतिबन्ध लगाएको थियो।

एसियाली खेलकुदका लागि एन्फाले तत्कालीन सहायक प्रशिक्षक राजुकाजी शाक्यको स्थानमा महर्जनलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएपछि एन्फाको निर्णय विवादास्पद बनेको थियो । कोजीले २०१६ मार्चबाट नेपाली टोलीको प्रशिक्षण सम्हाल्दै आएका थिए।

इन्डोनेसियामा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलका लागि जकार्ता प्रस्थान गरेका कोजी उतैबाट जापान फर्किएका थिए । एसियाली खेलकुदमा नेपालले समूहचरणका तीनै खेलमा हार व्यहोर्दै समूहचरणबाटै घर फर्किएको थियो । पहिलो खेलमा जापानलाई १–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा भियतनामलाई २–० र अन्तिम खेलमा पाकिस्तानलाई २–१ को नतिजा सुम्पिएको थियो। 

‘सेप्टेम्बर ४ देखि बंगलादेशमा हुने साफ सुजुकी कपमा सहभागिताका लागि तत्काल तयारी थाल्नुपर्ने भएकाले कोजुले सम्हाल्दै आएको मुख्य प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय टोलीका सहायक प्रशिक्षक बालगोलपाल महर्जनलाई दिइएको छ,’ एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साफ च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको नेपालले  आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। 

 





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad