८ वैशाख २०८१ शनिबार
खेल

मध्यपुरमाथि कुमारीको जित

काठमाडौं- मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक रेडबुल 'बी' डिभिजन लिगमा लगातार दोस्रो हारसामना गरेको छ। ए डिभिजन फुटबल खेलिसकेको मध्यपुर बुधबार श्रीकुमारी क्लबसँग २–१ ले पराजित भयो।शनिबार मध्यपुरले पुल्चोक स्पोर्टस क्लबसँगको खेल पनि २–० ले गुमाएको थियो।

मध्यपुरलाई हराएको कुमारीअंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। एनआटी र कुमारीको समान १४ अंक भएपनि गोल अन्तरमा एनआरटी अगाडि छ।

हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा सुशीलकुमार यादवले गोल गरेपछि कुमारीले अग्रता लिएको थियो। उनले ४४औं मिनेटमा गोल गरेका थिए। टंकबहादुर स्याङ्देनले ७० औं मिनेटमा गोल थपेपछि कुमारीको अग्रता दोब्बर भएको थियो। मध्यपुरबाट अनिष श्रेष्ठले ८१औं मिनेटमा एक गोल फर्काए। हारपछि मध्यपुर ७ अंकसहित तालिकाको १०औं स्थानमा छ। सातखेलमा मध्यपुरले १ जित र ४ बराबरी खेलेको छ।

अर्को खेलमा च्यासल युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई ३–० ले हरायो। च्यासलबाटविकेश सुब्बाले सुरुआती गोल गरे। उनले ४१ औं मिनेटमा गोल गरेका हुन्। ६२औं मिनेटमा पूजन उपरकोटी र ७५औं मिनेटमा सुशन राईले च्यासलका लागि गोल थपेका थिए।

प्रकाशित: ३० भाद्र २०७३ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App