पहिलाे अभ्यास खेलमा नेपाल ६७ रनले विजयी

बुधबार, ०६ भदौ २०७५, १८ : २७ नागरिक

काठमाडाैं - एसिया कप छनौट खेलको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अाज (बुधवार) भएको पहिलाे अभ्यास खेलमा जित हात पारेको छ। नेपाली टोलीले श्रीलंकाकाे स्थानीय क्लब आर्मी क्रिकेट क्लब विरुद्धको खेलमा ६७ रनको जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ४ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ९४ रन जोडेको थियो। ब्याटिङमा नेपालका लागि आरिफ शेखले सर्वाधिक ८९ रन जोडे। उनले १ सय १८ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा ८९ रन जोडेका हुन। यस्तै अाजकाे खेलमा पारसकाे अनुपस्थितीमा कप्तानीकाे जिम्मेवारी निभाएका ज्ञानेन्द्र मल्लले २१ रन जाेडे। आरिफ वाहेक अन्य व्याट्सम्यानको प्रदर्शन भने खासै उच्च रहन सकेन। १ सय २० रनमै अाफ्ना महत्वपूर्ण ८ विकेट गुमार्इ सकेकाे नेपालार्इ अारिफले सम्मानजनक याेगफल दिलाएका थिए।

१ सय ९५ रनको मध्ययम विजयी लक्ष्य पछ्याएको स्थानीय टोली आर्मी क्रिकेट क्लब नेपाली बलीङ आक्रमण सामु निरिह बन्यो। आर्मी ३६ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २७ रनमा समेटिन पुग्दा नेपालले पहिलो अभ्यास खेल ६७ रनले आफ्नो पक्षमा पार्यो। नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान ३/३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए।

नेपाली टोलीले अर्को अभ्यास खेल ब्लुमफिल्डसँग आगामी शुक्रवार खेल्नेछ। तीन अभ्यास खेल पछि नेपाली टोली श्रीलंकाबाटै एसिया कप छनौट प्रतियोगिता खेल्न अगस्ट २७ मा मलेसिया प्रस्थान गर्नेछ।  

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...