८ वैशाख २०८१ शनिबार
राजनीति

जापानी लगानी नेपाल भित्र्याउन गृहमन्त्रीकाे अाग्रह

फाइल तस्विर

काठमाडौं - गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले बुधवार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा छलफल भएकाे थियो। 

भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भईसकेको चर्चा गर्दै सुरक्षा निकाय लगायत अन्य क्षेत्रमा जापानले गर्दै आएको सहयोगप्रति राजदूत साईगो मार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गरे। थापाले नेपालको पूर्वाधार, उर्जा, पर्यटन, कृषी लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागि समेत राजदूतसँग आग्रह गरे। नेपालमा लगानी गर्ने अहिले उपयुक्त अवसर रहेको भन्दै गृहमन्त्री थापाले त्यसकालागि सुरक्षाको प्रत्याभूति दिलाईने प्रतिवद्धता व्यक्त गरे।

गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँ ठुलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरे।

राजदुत साइगोले आफुले गत जुन महिनामा मात्रै नेपालको राजदुतको रुपमा कार्यभार सम्हालेको जानकारी दिँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुत बनाउने बताए। नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै उनले सो सहयोग थप गर्न आफुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे। जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने राजदूत साइगोले बताए।

प्रकाशित: ६ भाद्र २०७५ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App