coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काँचो सालका नौ गोलीया बरामद

महेन्द्रनगर- कञ्चनपुरको दक्षिणीक्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. १ मा तीन वटा स्थानमा लुकाएर राखेको काँचो सालको काठ नेपाली सेना र शुक्लाफाँटा राष्टिय निकुञ्ज कार्यालयको गस्ती टोले बरामद गरेको छ।

नेपाली कांग्रेस बेल्डाँडी गाउँकार्य समितिका सचिव तथा महाकाली सिँचाई जलउपभोक्त संघ द्वितिय चरण ब्लक ६ का अध्यक्ष गज बहादुर बिष्टको घरमा २ गोलीया, नरेश बिष्टको घरमा ५ वटा गोलीया र रमेश चुनाराको नाममा रहेको अंशुमा काष्ठ फर्निचर उद्योगबाट २ वटा सालको काँचो गोलिया बरामद गरेको जिल्ला वन कार्यालयले जनाएको छ।

विशेष सुराकीको आधारमा काँचो सालको गोलीया बरामत भएको निकुञ्ज कार्यालयका रेन्जर पुरन देव मिश्रले बताए।

उनका अनुसार काठका गोलिया शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र बाट तस्करी भएको बताए। काठ तस्करीमा संलग्न रहेका १ जना मिल सञ्चालक रमेश चुनारालाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको छ भने काँग्रेस गाउँकमिटी सचिव बिष्ट र आर्का नरेश बिष्ट फरार रहेको कार्यालयले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७५ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App