coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रौतहटका स्थानीय तहका परिषद अन्यौलमा

रौतहट– विवाद नमिल्दा रौतहटको दर्जन स्थानीय तहमा परिषद हुन सकेको छैन्। चालू आर्थिक वर्षको बजेट विनियोजन हुन नसक्दा विकास निर्माण लगायतको क्षेत्रमा प्रभाव पर्न थालेको छ। योजना बाँडफाँड लगायतको विगतमा भएको खर्चको विवरणको विषयमा विवाद रहदा रौतहटको १८ वटा स्थानीय तहमध्ये एक गाउँपालिका सहित १२ स्थानीय तहको परिषद हुन सकेको छैनन्।

गत आर्थिक बर्षमा भएका विकास निर्माण लगायत विभिन्न शिर्षकमा भएको खर्चको विवरणको माग तथा चालू आवमा योजना बाँडफाँडमा जनप्रतिनिधिहरु हिस्सेदारी खोज्न थालेपछि विवाद भई यहाँको १२ वटा स्थानीय तहको अहिले सम्म परिषद हुन पाएको छैनन्। चरम विवादका कारण भदौंको पहिलो सातामा पनि परिषद हुन नसक्दा चालू आर्थिक बर्षमा कसरी विकास निर्माणको कार्य सकिनेतर्फ अहिले अन्यौलता छाएको छ। रौतहटमा १६ नगरपालिका र २ गाउँपालिका छन ती मध्ये ५ नगरपालिका र एक गाउँ पालिकाको मात्रै निर्धारित समय सीमाभित्र परिषद सम्पन्न भएको छ।

परिषदका लागि दिनहुँ छलफल भएपनि महत्वाकाँक्षी योजनाहरुमा नगरप्रमुख तथा गाउँपालिकाको प्रमुखहरु आफ्नो पक्षमा राख्ने विषयलाई लिएर जनप्रतिनिधिबीच सहमति हुन नपाएको एक जनप्रतिनिधिले बताए। अधिकाश स्थानीय तहमा बजेट बाँडफाँडमै बिवाद देखिएको छ। कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह ज्यान मुद्दामा कारागार चलान भएपछि उक्त नगरपालिकाकी उपमेयर नुरजहा खातुनलाई कार्यवाहक नदिँदा अहिलेसम्म नगरपरिषदको सामान्य प्रक्रिया समेत सुरु हुन पाएको छैन्।

चन्द्रपुर, गरुडा, बृन्दावन, फतुवा बिजयपुर, राजदेवी, राजपुर, गढीमाई, माधवनारायण, राजदेवी, राजपुर, देवाही गोनाही, गुजरा नगरपालिका र दुर्गा भगवती गाउँपालिका सहितको जिल्लाको १२ स्थानीय तहले परिषद विवादका कारण सम्पन्न हुन सकेको छैन्। स्थानिय तह संचालन ऐन अनुसार आर्थिक बर्षको अन्तिम महिना असार १० गते भित्र नयाँ आर्थिक बर्षमा गरिने योजनाहरुको परिषद सम्पन्न गर्नुपर्ने प्रावधान भएपनि सो बमोजिम यहाँ १२ वटा स्थानीय तह विवादमै अल्झिएको बताइएको छ। जिल्ला समन्वय समितिका अधिकृत कीर्तिराज सुवेदीले स्थानीय तह संचालन ऐन अनुसार परिषद नभएमा केन्द्रबाट आउने अनुदानको रकम कटौती हुनसक्ने बताए। अधिकांश तहमा परिषद गर्ने बिषयमा अझै अन्यौल रहेको र बिवाद सुन्नमा आएको हुँदा परिषद नभएको समन्वय समितिका अधिकृत सुवेदीले जानकारी दिए। परिषद सम्पन्न नभएका स्थानिय तहमा परिषद गर्न तयारी भइरहेको र चाडै नै सम्पन्न हुने स्पष्ट पारे।

प्रकाशित: ६ भाद्र २०७५ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App