coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसियाडमा नेपालको कुस्ती, उसु, लनटेनिस र सुटिङमा चुनौती समाप्त

काठमाडाैं - इन्डोनेसियामा जारी एशियन गेम्सको भलिबलतर्फ नेपाल समुह चरणको पहिलो खेलमा पराजित भएको छ। पहिलो खेलमा नेपाल टोली चाईनिज ताईपेईसंग ३–० को सोझो सेटमा पराजित भएको हो। पहिलो सेट २३–२५ ले गुमाएको नेपालले दोस्रो सेट १९–२५ र तेस्रो सेट १४–२५ ले गुमाउन पुग्यो। समुह डी अन्तर्गत रहेको नेपालले अब समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासंग प्रतिस्पर्धा गर्नेछ। अघिल्लो चरण प्रवेश गर्न नेपालले अब दक्षिण कोरियालाई जित्नैपर्ने दबाब  रहेको छ।

यस्तै पौडीमा गौरिका सिंह २ सय मिटर फ्रिस्टाइलमा हिट चरणबाट बाहिरिएकी छिन। आज (बुधवार) भएको २ सय मिटरको हिट चरण पार गर्न गौरिकाले २ मिनेट १२ दशमलव ५३ सेकेण्डको समय खर्चिन्। गौरिकाले अब ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। सोमबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा पनि गौरिका हिट चरणबाट बाहिरिएकी थिइन।यस्तै पौडीकै पुरुष १ सय मिटर ब्रेष्ट स्टोक्समा नेपालका सुभम श्रेष्ठ पनि हिट चरणबाट बाहिरिएका छन्। 

यसैबीच तेक्वान्दोमा नेपालको निराशाजनक प्रदर्शन कायमै रहेको छ। पुरुषको ६३ केजी तौल समूहमा नेपालका वीरबहादुर महरा प्रिक्वाटरफाइनलबाट बाहिरिएका छन्। महरा आज भएको अन्तिम १६ को भिडन्तमा कजाखस्तानका खेलाडीसँग ३०–१९ ले पराजित भएका हुन्। तेक्वान्दोको पुम्सेमा नेपालका दुवै खेलाडी पहिलो चरण अर्थात अन्तिम १६ बाट बाहिरिएका थिए। महिला टिम पुम्सेमा पहिलो चरणमा वाक ओभर पाएको नेपाल क्वाटरफाइनलमा ताईपेईसँग पराजित भएको थियो।

यस्तै प्याराग्लाइडिङतर्फ नेपालले पुरुष टिम एक्युरेसीतर्फ आठौं स्थान हासिल गरेको छ। आज सम्पन्न पुरुष टिम एक्युरेसीमा १५ सहभागी राष्ट्रमध्ये नेपालले आठौं स्थान ओगटेको हो। महिला टिम एक्युरेसीतर्फ नेपाल सातौं स्थानमा रह्यो। महिला टिम एक्कुरेसीमा ९ टोलीले प्रतिस्पर्धा गरेका थिए। नेपालले अब प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्ट र व्यक्तिगत एक्युरेसीमा प्रतिस्पर्धा गर्न बाँकी छ।

यस्तै लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी प्रिक्वाटरफाइनलमा पराजित भएका छन्। मायांका र माहिकाको जोडीलाई जापानकी मोयुका उचिजिमा र इरिना हायासीको जोडीले ६–१ र ६–२ को सेटमा पराजित गरे। पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी यसअघि नै भारतीय जोडीसंग ६–१ र ६–१ को सेटमा पराजित भएर बाहिरिसकेका छन्।

योसँगै एसियाडमा अहिलेसम्म नेपालको कुस्ती, उसु, लनटेनिस र सुटिङमा चुनौती समाप्त भएको छ।

 

प्रकाशित: ६ भाद्र २०७५ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App