काठमाडौं – युनिमनी जापानले आफ्नो रेमिट्यान्स सेवा प्रयोग गर्ने ग्राहकका लागि उपहार योजना ल्याएको छ । जापानको टोकियोमा हुन लागेको नेपाल फेस्टिभलको अवसर पारेर कम्पनीले ग्राहकमुखी उपहार योजना घोषणा गरेको हो। नेपाल फेस्टिभल अगस्ट २५ र २६ मा जापानको टोकियोमा आयोजना हुँदैछ।
फेस्टिभलमा रहने कम्पनीको कर्पोरेट स्टल नम्बर १३ बाट सजिलै सदस्य बन्न र नेपाल पैसा पठाउन सकिने कम्पनीले जनाएको छ । फेस्टिभलका अवसरमा सदस्य बन्नेमध्ये गोलाप्रथाबाट पाँचजनालाई ट्याब्लेट र अरुलाई थुप्रै गिफ्ट ह्याम्पर दिइने कम्पनीले जनाएको छ।
कम्पनीले जापानबाट नेपालमा पैसा पठाउने कम्पनीमध्ये सबैभन्दा बढी रेट आफूले दिने दाबी गरेको छ । यसबाट कारोबार गर्दा अन्य रेमिट कम्पनीको भन्दा बढी रेट पाइने कम्पनीको नेपाल अपरेसन हेर्ने जगदिश खनालले बताए । उनका अनुसार उच्च विनिमय दरका अलावा कम्पनीले अनलाइनबाटै सदस्य बनेर स्वदेशमा रकम पठाउन सकिने सुविधा पनि दिएको छ । अनलाइनबाट सदस्य बन्ने व्यक्तिले स्वदेशमा रकम पठाउँदा प्रतिकारोबार पाँच सय येन सेवा शुल्कमा छुट दिने गरेको खनालको भनाइ छ।
युनिमनी जापानबाट नेपाल पठाएको रकम एक्सप्रेस मनीमार्फत जुनसुकै ठाउँबाट भुक्तानी लिन सकिने बताएको छ । ‘जापानबाट पठाएको रकम नेपालमा आफूले चाहेको जुनसुकै बैंक खातामा डिपोजिट गर्न पनि सकिन्छ,’ खनालले भने।
प्रकाशित: ६ भाद्र २०७५ ०३:१९ बुधबार