coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार थपलियाको सन्तानलाई सहयोग

काठमाडौं – पत्रकार यादव थपलियाकी कक्षा सातमा अध्ययनरत छोरी शीलष्मीको मासिक शुल्क निशुल्क हुने भएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशको पहलमा उनी अध्ययनरत एसएबी पब्लिक स्कुलले असारदेखि चैतसम्मको मासिक शुल्क निशुल्क गर्ने जनाएको हो।

प्रतिष्ठान प्रदेश सहसचिव बालकृष्ण अधिकारीले स्वर्गीय यादवकी दुई छोरीमध्ये कक्षा ७ मा अध्ययनरत जेठी शीलष्मीको यस वर्षको मासिक शुल्क निशुल्क गर्ने निर्णय गरेको जनाएका छन् । स्कुल प्रिन्सिपल लक्ष्यबहादुर केसीलाई उनीहरुको विद्यालय शिक्षाको सम्पूर्ण जिम्मेवारी लिईदिन प्रदेश समितिले आग्रह गरे पनि विद्यालयले दुवैको मासिक शुल्कमा ५०÷५० प्रतिशत वा एकको सतप्रतिशत निशुल्क गर्ने प्रतिवद्धताअनुसार उक्त निर्णय गरेको हो । साथैं, यूकेजीमा अध्ययनरत कान्छी छोरी तपस्मी थपलियाको विद्यालय शिक्षालाई सहज बनाउन महासंघले सरोकारवाला विभिन्न संघसंस्था तथा सहयोगी हातसँग अपिल गरेको छ।

सामान्य ज्वरोको उपचारका लागि असार १३ गते काठमाडौं मेडिकल कलेज भर्ना भएका यादवको असार १५ गते निधन भएको थियो । भाइरल इन्फ्लुएन्जाका कारण उनको निधन भएको अस्पतालले जनाएको थियो । तर, परीक्षणका क्रममा भाइरल इन्फ्लुएन्जा नेगेटिभ देखिएपछि उनकी श्रीमती गंगाले साउन १६ गते अस्पताललाई बनाउँदै काठमाडौं जिल्ला प्रशासन कार्यालय र मेडिकल काउन्सिलमा छानबिनको मागसहित निवेदन दिए पनि कुनै निकायले उक्त निवेदनमाथि कारबाही प्रक्रिया सुरु नगरेको उनको गुनासो छ।

प्रकाशित: ६ भाद्र २०७५ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App