coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा बकर–इदको शुभकामना

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र रहेको सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुगेको जनाएकी छिन्।

बकर इद (इदुल जोहा) को पूर्व सन्ध्यामा मंगलबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु‍र्याउने विश्वास व्यक्र गरेकी छन्।

विविध धार्मिक तथा सांस्कृतिक मान्यताले नेपाल धनी देश रहेको जनाउँदै राष्ट्रपतिले आफ्नो सन्देशमा भनेकी छिन्, ‘बकर–इद (इदुल जोहा) पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस्।’

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिसहित विभिन्न राजनीतिक दलका नेताहरूले छुट्टाछुट्टै सन्देश जारी गर्दै मुलुकमा शान्ति, स्थायीत्व र भाइचार स्थापनाका लागि बकर–इद (इदुल जोहा)ले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।

प्रकाशित: ६ भाद्र २०७५ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App