७ वैशाख २०८१ शुक्रबार
राजनीति

जेठसम्ममा विद्युत निर्यात गर्ने प्रधानमन्त्रीकाे घाेषणा

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताए। प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन नेपाल सरकारले पहल गर्ने जानकारी दिए। 

नेकपाका अध्यक्षसमेत रहेका ओलीले देशको समस्या हेरेर अघि बढ्न र जनतालाई मन नपर्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए। उनले भने, “आफ्नो सेवा र सुविधाभन्दा पनि जनताको आवश्यकता र चाहनामा केन्द्रित हुन तथा जनतासँग मित्रवत् व्यवहार गर्न म जनप्रतिनिधिलाई आग्रह गर्छु।” 

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समाजवादको यात्रालाई सार्थक बनाउन धनी र गरिबबीचको अन्तरलाई कम गर्दै जाने बताउँदै यस क्षेत्रका ठूला नदी नियन्त्रण र विकासका योजना आउने जानकारी दिए। 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउनेतर्फ प्रदेश सरकार क्रियाशील रहेको बताए। रासस

प्रकाशित: ५ भाद्र २०७५ १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App