coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खुकुरी प्रहारबाट तीन घाइते

विराटनगर– विराटनगरमा एक व्यक्तीले अन्दाधुन्द खुकुरी प्रहार गर्दा तीन जना घाइते भएका छन्।  सिरहा गोलबजारका दिलीप सहनीले मंगलबार खुकुरी प्रहार गर्दा उनकी  श्रीमती पुनम सहनी, छोरी मनिता सहनी र सालो सन्दिप सहनी घाइते भएका हुन्। 

श्रीमान श्रीमतीबीच विवाद बढेपछि विराटनगर ११ पिचडास्थित माइती घरमा बस्दै आएकी पुनम सहनीलाई दिलीपले खुकुरी प्रहार गरेका थिए। पुनमलाई बचाउन गएका छोरी र सालोलाई पनि दिलीपले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट पुनमको टाउकोमा चोट लागेको छ। यस्तै पुनमकी छोरी मनिता सहनी र भाई सन्दिप सहनीको टाउको र हातमा चोक लागेको छ।

खुकुरी प्रहारबाट  घाइते तीनै जनाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिरहाको गोलबजारमा बस्दै आएका दिलीपले मंगलबार विहान ९ बजे विराटनगरमा आएर पुनमलाई जबरजस्ती घर लैजान खोज्दा नमानेपछि खुकुरी प्रहार गरेको पुनमका आफन्तले बताएका छन्। घटनामा संलग्न दिलीपलाई  स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। 

प्रकाशित: ५ भाद्र २०७५ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App