७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इमरान खान : जसले विलासी निवास छोडेर तीन कोठे आवास रोजे

इश्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुविधासम्पन्न प्रधानमन्त्री निवासमा नबस्ने घोषणा गरेका छन्। उनले आफु सैनिक सुरक्षा भएको तीन कोठे घरमा बस्ने बताएका छन्। खानले बनागल स्थित आफ्नो नीजि घरमा नै बस्न चाहँदा चाहँदै सुरक्षाको कारणले यहाँ आवास बनाउन लागेको बताए। उनलाई सुरक्षा एजेन्सीका अधिकारीले बनागलमा सुरक्षा खतरा हुन सक्ने सुझाएका थिए। उनले प्रधानमन्त्री निवासलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने समेत घोषणा गरे।

प्रधानमन्त्री निवासमा ५ सय २४ जना कर्मचारी र ८० वटा कार रहेको उनले बताए। त्यस मध्ये आफुले जम्म दुई जना कर्मचारी मात्र राखे घोषणा गरे।

'पाकिस्तानमा प्रधानमन्त्रीको लागि ३३ वटा बुलेटप्रुफ कार रहेका छन् तर जनताको लागि खर्च गर्ने पैसा छैन', खानले भनेका छन्। 'कतै जानको लागि हेलिकप्टर, जहाज छन् तर तर हाम्रा जनताको जीवन कस्तो छ', उनले भनेका छन्, 'नागरिकको जीवनस्तर सुरधार गर्नु मेरो उदेश्य हो।' खानले आफुले दुई वटामात्र बुलेटप्रुफ कार प्रयोग गर्ने बताएका छन्। उनले बाँकी कार लिलामी गरेर जनकल्याणमा लगाउने बताएका छन्।

'हामी कसरी बाँचिरहेका छौं। प्रधानमन्त्रीको विदेश भ्रमणमा कति पैसा खर्च भैरहेको छ तर आम मानिसको जीवनस्तर कस्तो छ', भन्दै उनले प्रश्न गरेका छन्।

उनले अन्य सरकारी उच्चपदस्थ अधिकारीहरुले राज्यकोषबाट लिँदै आएका अनावश्यक सुविधाहरु घटाउने बताएका छन्। यो देशव्यापी हुने समेत खानले घोषणा गरेका छन्। खानले डा. इस्रत हसनीको नेतृत्वमा सरकारी खर्च कटौतीको लागि समिति बताएर काम समेत थालेका छन्।

प्रकाशित: ५ भाद्र २०७५ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App