७ वैशाख २०८१ शुक्रबार
समाज

काट्न नमिल्ने गणेशको ‘आसन’, बढायो जोखिम (फोटो फिचर)

काठमाडौं– काठमाडौंको कमलादीस्थित गणेश मन्दिर छेउमा रहेको मसलाको रुखको एउटा हाँगो मंगलबार अपराह्न भाँचिएर सडकमा खस्यो। हाँगो खस्दा मन्दिर परिसरको सडकमा कोही थिएनन, जसका कारण क्षति भएन। तस्बिरमा देखिने यो रुख उपत्यकाका पूराना रुखहरुमध्येको एक हो। रुख पुरानो भई ढल्ने अवस्थामा पुगेपछि यसले जोखिम बढाएको छ। 

तर, यो रुखलाई सानै छँदा देखेका कमलादीका स्थानीय ७५ वर्षीय रामकृष्ण राना जोखिम बढाएको कुरालाई किम्बदन्तीसँग जोड्छन्। उनी भन्छन्, ‘म गणेशस्थान परिसरमै जन्मिएर हुर्किए, मैले देख्दा जस्तो देखेको अहिले पनि उस्तै छ। यो मसलाको रुख गणेशको आसन भन्ने किम्बदन्ती रहेकाले यसलाई काट्न मिल्दैन्।’

रुखका कारण जोखिम बढेको प्रसंगमा उनी थप्छन्, ‘प्राय हरेक बर्खामा चिरा परेका हाँगामा पानी जम्मा भएर भाँचिएर झर्ने गर्छ। तर अहिलेसम्म कसैलाई क्षति पुर्याएको छैन्।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App