coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकालाई चुनौती दिँदै इरानले सार्वजनिक गर्‍यो लडाकु विमान

तेहरान- इरानले पहिलो पटक लडाकु विमान सार्वजनिक गरेको छ। इरानको प्रतिरक्षा प्रदर्शनीमा यो घरेलु लडाकु विमान सार्वजनिक गरिएको हो। इरानका राष्ट्रपति हस्सन रौहानीले इरानले आफ्नै सैन्य प्रविधिमा विमान बनाएको र यो शान्तिको लागि प्रयोग हुने बताएका छन्। सरकारी टेलिभिजनमा प्रशारण गरिएको भिडियो फुटेजमा राष्ट्रपति हस्सन ककपिटमा देखिन्छन्। यो चौथो पुस्ताको लडाकु विमान भएको जनाइएको छ।

इरानका सरकारी सञ्चार माध्यमहरुका अनुसार विमान अत्याधुनिक प्रविधियुक्त, वहुउदेश्यीय राडार जडान गरिएको छ। विमानमा निर्माणमा सबै इरानको प्रविधि प्रयोग गरिएको छ। विमानको परीक्षण उडान भइसकेको जनाइएको छ। यसलाई उडानको लागि धावनमार्गमा राखिएको तस्बिरहरु सार्वजनिक भएका छन्।

 बिमानका बारेमा शनिबार मात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिएका थिए। उनले यस परियोजनका बारेमा ज्यादै कम विवरण सार्वजनिक गरेका छन्। इरानले आफ्नो सैन्य शक्ति सुदृढिकरण गर्नुलाई युद्धको निम्ताको लागि कसैले बुझे पनि आफुहरुले शान्तिको लागि गरिएको उनले बताएका छन्।

रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट आठ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको बताए। इजरायल र संयुक्तराज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको पनि उनले स्पष्ट पारे।

अमेरिकाले अबौं डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरुलाई बेचेको छ, तर इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गरिदै आएको छ। इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ। 

 

प्रकाशित: ५ भाद्र २०७५ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App