८ वैशाख २०८१ शनिबार
फोटो फिचर

कर आतंकविरुद्ध प्रदर्शन, रत्नपार्कमा प्रहरीसँग झडप (फोटो फिचर)

काठमाडौं– देशव्यापी करवृद्धिको आतंकविरुद्ध राजधानीमा प्रदर्शन भएको छ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नम्बर प्रदेशको आयोजनामा मंगलबार भएको प्रदर्शन शान्तिवाटिकाबाट रत्नपार्क, असन, इन्द्रचोक हुँदै शान्टिवाटिका फर्केर कोणसभामा परिणत भएको थियो।

प्रदर्शनकारीले ‘करवृद्धि खारेज गर, महंगी, भ्रष्टाचार तुरुन्त अन्त्य गर, महिला हिंसा गर्ने र बलात्कारीलाई सख्त कारवाही गर’ जस्ता नारा लगाएका थिए। 

कोणसभालाई सम्बोधन गर्दै वैद्य माओवादीका नेता सीपी गजुरेलले अन्धाधुन्ध कर बढाएर जनताको ढाड सेक्ने कामलाई सरकारले नियन्त्रण गर्न नसकेको भन्दै आलोचना गरे। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App