८ वैशाख २०८१ शनिबार
समाज

अब ५ सय मिटर बाटो खनेपछि डोल्पा सदरमुकाममा मोटर

डोल्पा- वषौंदेखिको डोल्पालीको सडक सपना साकार पार्न जाजरकोट–डोल्पा सडक निमार्णको जिम्मेवारी पाएको नेपाली सेना यत्तिखेर अन्तिम कसरतमा छ। जाजरकोट–डोल्पा सडक निमार्ण सम्पन्न हुन ५०० मिटर मात्र बाँकी छ। जाजरकोट–डोल्पा नाम दिइएको भेरिकरिडोरको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ।

डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सन्जालसंग जोड्नका लागि हेर्दै कहाली लाग्दा भीमकाय कडा चट्टानहरुसंग पौठेजोरि खेल्दै सडक निमार्ण कार्यलाई नेपाली सेनाले तीब्र गतिमा लगेपछि भेरिकरिडोरको निमार्ण कार्य अन्तिम चरणमा पुगेको हो।

०७५ को बडादशै भित्रमा डोल्पालीलाई विकासको रुपमा गाडीसेवा उपहार दिने गरि सडक निमार्ण कार्यलाई तीब्रता दिइएको नेपाली सेनाले जनाएको छ। ०६५ बाट शुरु भएको छिन्चु जाजरकोट–डोल्पा सडक निमार्ण कार्यको निरन्तरताले ०७५ को बडादशै भित्रमा बिट मार्ने छ। सडक निमार्णको जिम्मेवारी पाएको नेपाली सेना विगत युद्दकालिन समय देखि १४ वर्ष सम्म अहोरात्र खटिएर सडक सन्जालसंग डोल्पाको सदरमुकाम दुनैलाई जोड्न भीमकाय कडा चट्टानहरुसंग पौठेजोरि खेल्दै आएको छ।

डोल्पाको सदरमुकाम दुनै जोड्ने जाजरकोट–डोल्पा सडक शुरुको दुई वर्ष जाजरकोट भुभाग भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्गकन विवादले अवरुद्द भएको थियो। २०६६ बाट मात्र पुन रेखाङ्गकन निर्धारण भई सडक निमार्ण कार्यको थालनी भएको थियो।

जाजरकोटको पासागार्ड देखि डोल्पाको सदरमुकाम दुनै सम्म ११७ दशमलव ७ किमी कुल लम्बाई रहेको जाजरकोट–डोल्पा सडकको ११६ दशमलव ७ किमी सडक ट्रयाक खोलि सकिएको र बाँकी ५०० मीटर  अन्र्गत पर्ने तरपरेभीर कडाचट्टान र जोखिमपूर्ण भएर पनि निमार्ण कार्यलाई तीव्रता दिइएको नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले बताए।

बाँकी ५०० मिटर चट्टानी भीर खण्ड ०७५।७६ को आर्थिक वर्ष भित्र ट्रयाक खोलेर सडकको फिनिसिँङ्ग कार्य सम्पन्न गरि ०७५ को दशै तिहार भित्रमा डोल्पाको सदरमुकाम दुनैबासिलाई यातायातका साधन संचालनमा ल्याएर गाडी सुविधा उपहार दिने योजनामा सडक निर्माणमा कार्यरत नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदल रहेको छ।

जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनै सम्मको ११७ दशमलब ५ किलोमिटर लम्बाइ रहेको निमार्णधिन जाजरकोट डोल्पाको सडक मध्ये हालसम्म ११६ दशमलव ७ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भईसकेको छ।

हाल हलुका सवारीका साधन जीप र ट्रयाक्टर संचालनमा आइसकेका छन। विकट दुर्गम क्षेत्र र सडक रेखाङ्कनमा पर्ने कडाचट्टानी भीरहरु र हालको अबिरल बर्षका बावजुद पनि स्थानीय जनताको सहयोगमा नेपाली सेनाले सडक निमार्ण कार्यलाई तीब्रता दिदै आएको छ।

सडकमा पर्ने दर्जनौ भीरपहरा छिचोली सकिएको र बाँकी रहेको ५०० मिटरको तरपरे भिर मात्र अन्तिम भीरको रुपमा निमार्ण कार्य भइरहेको यसको साथै सडकका विभिन्न खण्डमा पर्ने साइड निमार्णसंगै सडकको फिनिसिङ कार्य समेत संगसंगै भइरहेको पनि नेपालीसेनाले जनाएको छ।

डोल्पालीले यातायात नहुँदा खेप्नु पर्दै आएको समस्यालाई मध्यनजर राख्दै हाल त्रिबेणी करोपगाड हुँदै खदाङ्गको हरियापानीसम्मको सडक खण्डमा जीप ट्रयाक्टर लगायतका हलुका सवारीका साधन र खदाङ्गदेखि चिप्लेभीरसम्मको सडक खण्डमा ट्रयाक्टर संचालनमा ल्याइएको नेपाली सेनाका जाजरकोट डोल्पा सडक निमार्ण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले बताए।

निमार्णधिन जाजरकोट–डोल्पा सडकको चिप्लेभीरदेखि धाउन्ने चुगाँड सम्मको बाँकी ५०० मिटर चट्टाने भीर खण्डको ट्रयाक खोल्ने कार्य भदौ महिना भित्रमा सम्पन्न गरि असोजको  पहिलो सातामा सडकको फिनिसिंङ्ग कार्य सम्पन्न गरेर ०७५ को दशै र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुदै सदरमुकाम दुनैसम्मलाई राष्ट्रिय सडक सन्जालमा जोडिने नेपाली सेनाले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७५ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App