८ वैशाख २०८१ शनिबार
खेल

एसियाली खेलकुदः शिरीष ४६ औं स्थानमा सीमित

(फाइल फाेटाे)

काठमाडौं – एसियाली खेलकुदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औं स्थानमा चित्त बुझाएका छन्। योसँगै उनी हिट चरणबाटै बाहिरिएका छन्।

कुल ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेण्डमा पूरा गरे। यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ। उनको नाममा २५.८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ।

आजको खेलमा शिरीषले नयाँ राष्ट्रिय कीर्तिमान समेत बनाउन सकेनन। आगामी बिहीबार शिरीषले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। त्यसैगरी बुधबार गौरिका सिंहले २०० मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १०० मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन्।  (रासस)

 

प्रकाशित: ५ भाद्र २०७५ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App