निर्मला हत्या प्रकरण : अान्दाेलनकारी र प्रहरीबीच झडप, पाँच राउण्ड अश्रुग्यास प्रहार

मङ्गलबार, ०५ भदौ २०७५, १२ : २१ दिलबहादुर छत्याल

भीमदत्तनगर – तेह्र वर्षीया बालिका निर्मला पन्तको प्रहरीले बास्तवित हत्यारा पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलित भएका छन्। आन्दोलित स्थानीयले भीमदत्तनगर बजार बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, राजमार्ग नजिक रहेको ट्राफिक पोष्ट र दशरथचन्द चोक लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन्।

अान्दाेलन चर्किएपछि स्थानीय र प्रदर्शनकारीबीच बेला-बेला झडप हुने गरेको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेकाे छ। प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि चार राउण्ड र दशरथचन्द्र चोकमा एक राउण्ड अश्रुग्यास प्रहार गरेको छ। यस्तै प्रहरिकाे  लाठी चार्जबाट दुई जना घाइते भएका छन्। दुई जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्मलाको वलत्कार पछि हत्या गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको जनाउँदै स्थानीयले प्रहरीले निर्मलाकाे वास्तविक हत्यारा पत्ता लगाउन नसकेको अाराेप लगाएका छन्।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो। उनको साउन ११ गते दिउँसो हत्या भएको थियो। पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको सोमबारको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad