८ वैशाख २०८१ शनिबार
अर्थ

ठोरी भन्सारलाई भ्रमण एजेन्डा बनाउन सुझाव

काठमाडौं– प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा काठमाडौं आएको पर्साको १५ सदस्यीय सर्वदलीय राजनीतिक टोलीले बुधबार प्रधानमन्त्रीलाई सुझावपत्र पेश गरेको छ। पर्साको ठोरीमा रहेको छोटी भन्सार नाकालाई प्रमुख भन्सार नाकाको रुपमा विकास गर्ने विषयलाई पनि आफ्नो भ्रमण एजेन्डामा समावेश गर्न उनीहरुले सुझाव दिएको भ्रमण टोलीका संयोजक नेकपा माओवादी केन्द्रका स्थानीय नेता रामप्रकाश कुँवरले बताए।   

पर्साको ठोरी छोटी भन्सारलाई विस्तार गर्ने विषयमा भारतीय पक्षसँग सशक्त रुपमा कुरा उठाउन र उक्त भन्सार सञ्चालन गर्ने विषयमा भारतीय पक्षलाई सहमत गराउन पहल गर्ने टोलीले प्रधानमन्त्रीलाई सुझाएको छ।

ठोरी नाकादेखि रसुवाको केरुङ नाकासम्मको कुल १९२ किलोमिटर सडकमार्ग विकास र विस्तार हुन सके भारत र चीन दुबै छिमेकी मुलुकसँगको व्यापारमा द्रूत मार्गका रुपमा प्रयोग गर्न सकिने संयोजक कुँवरको भनाई छ। सरकारले यस व्यापारीक मार्ग विस्तारका लागि कुल १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘यस नाकाको विकास र विस्तारका लागि हामीले भन्सार विभाग, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री सबैसँग लिखित मौखिक कुरा राखिसकेका छौं,’ उनले भने, ‘प्रधानमन्त्री पनि चितवनकै हुनुहुन्छ, उहाँलाई पनि यस नाकाबारे राम्रो ज्ञान छ।’

टोलीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहाले भ्रमणमा आफूले ठोरी नाका विस्तारका बारेमा भारतीय पक्षसँग कुरा गर्ने बताएको उनले जानकारी दिए।

प्रकाशित: २९ भाद्र २०७३ १५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App