भारतलाई वार्तामा आउन पाकिस्तानको आग्रह

सोमबार, ०४ भदौ २०७५, २२ : ०५ एजेन्सी

इश्लामावाद- पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गरेका छन्।

भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश जोडका साथ सोमबार बताए।  “हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार सम्पन्न शक्ति पनि हौँ,” पाकिस्तानका नयाँ विदेश मन्त्री शाह मेहमुद कुरेशीले भने। 

दोस्रो पटक विदेशमन्त्री भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले भारतसँगको सम्वन्धकै विषयमा बढी जोड दिएका हुन्।

यसअघि आइतबार दिएको पहिलो टेलिभिजन सम्वोधनमा पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले पनि भारतसँगको सम्बन्ध सुधार्नेतर्फ आफ्नो जोड रहने बताएका थिए।

“हामीसँग लामो समस्या छ, मलाई वार्ता भन्दा बाहिरबाट यसको समाधान हुन्छ भन्ने लाग्दैन,” कुरेशीले थपे। उनले भारत र पाकिस्तानबीचमा निकास ननिस्किँदासम्म नटुङ्गिने वार्ताको आवश्यकता रहेको बताए। 

बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४७ देखि नै भारत र पाकिस्तानबीच नराम्रो सम्बन्ध रहदै आएको छ। 
विशेष गरेर काश्मिर क्षेत्र आफ्नो देशको सिमाना भित्र पर्ने दुवै पक्षले दावी गरेकाले विवाद हुँदै आएको हो भने त्यही विवादका कारण तीन पटक सम्म युद्ध नै भएको थियो । 

खानलाई वधाई दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश पठाएको पनि कुरेशीले जानकारी दिए। तर भारतीय विदेश मन्त्रालयले भने कुनै औपचारिक पत्र नपठाएको पनि उनले पत्रकार सम्मेलनमा बताए। 

नयाँ विदेशमन्त्री कुरेशीले नयाँ शीराबाट आफगानिस्तानसँगको प्रेम र मित्रता अगाडी बढाउन चाहेको सन्देश दिन आफुले अफगानिस्तानको पनि भ्रमण गर्ने इच्छा रहेको बताए। “अफगानिस्तानमा शान्ति र स्थिरता नहुँदासम्म पाकिस्तानमा पनि शान्ति र स्थिरता हुदैन,” उनले भने। 

खान नेतृत्वको मन्त्रीपरिषद्मा पनि विदेश मन्त्रीको जिम्मेवारी पाएका कुरेशी यसअघि सन् २००८ देखि २०११ सम्म पनि विदेश मन्त्री बनेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad