७ वैशाख २०८१ शुक्रबार
समाज

नुरप्रसाद अदालतमा हाजिर भएनन्

चितवन– कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका जाहेरवाला नुरप्रसाद अधिकारी चितवन जिल्ला अदालतमा उपस्थित भएनन्। गोरखा फुजेलका अधिकारी हत्या सम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसादलाई अदालतमा झिकाउन चितवन जिल्ला अदालतले साउन २० गते म्याद जारी गरेको थियो। जारी गरेको म्याद अनुसार भदौ ४ गते बकपत्रका लागि अदालत आउनुपर्ने भएपनि नुरप्रसाद अदालत आएनन्। 

पहिला जारी गरेको म्याद रितपूर्वक नभएको भन्दै दोस्रो पटक जारी गरेको म्यादमा पनि नुरप्रसाद अदालत उपस्थित नभएका हुन्। मुद्धाको पेशी भदौ २४ गतेलाई तोकिएको चितवन जिल्ला अदालतका श्रेस्तेदार गेहेन्द्रराज पन्तले बताए। 

पेशी तोकिएको दिन दुई पक्षका कानुन व्यवसायीको बहस हुनेछ। बहसपछि मुद्धा के गर्ने भन्ने निर्णय न्यायधिशको बेञ्चले गर्ने उनी बताउँछन्। कृष्णप्रसादको २०६१ सालमा चितवनमा हत्या भएको थियो। १३ जनालाई विपक्षी बनाएर २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्धा दायर भएको थियो। 

प्रकाशित: ४ भाद्र २०७५ १६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App