coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कल बाईपास गर्नेलाई थुनामा राख्न आदेश

चितवन– अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाईएको छ।

पक्राउ परेका रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ प्रदिपनगरका ३१ वर्षीय विजय गुरुङ, प्रदिपनगरकै २७ वर्षीय मिनप्रसाद रिजाल र भरतपुर महानगरपालिका वडा नम्बर १६ का २३ वर्षीय सुनिल अधिकारीलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका हो। 

सोमबार चितवन जिल्ला अदालतले पक्राउ परेकालाई थुनामा राख्ने आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले साउन ७ गते उनीहरुलाई पक्राउ गरेको थियो। ‘अवैध कल वाईपास भिओआईपी गरि दुरसञ्चार प्रणालीमा हानी नोक्सानी पु-याएको’ शीर्षकको मुद्धामा १७ करोड ९५ लाख २० हजार बिगो दाबी गरिएको जिल्ला अदालतका श्रेस्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए। 

प्रकाशित: ४ भाद्र २०७५ १५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App