१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करेन्ट लाग्दा एकको मृत्यु

खोटाङ– घरमा विद्युत जोड्नेक्रममा करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ। लघु जलबिद्युत आयोजनाको बिद्युत जोड्नका लागि तार टाँग्नेक्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित साब्रुका ३१ वर्षीय पुर्णकुमार गुरुङको सोमबार मृत्यु भएको हो। 

स्थानीय लम्जुङ खोला लघुजलबिद्युत आयोजनाबाट उत्पादित विद्युत घर नजिकैको पोलबाट घरमा लैजानका लागि तार टाँग्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको जालपा सामुदायिक अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको स्थानीय गणेश परियारले बताए। तार टाँग्नेक्रममा तारमै टाँसिएका गुरुङलाई आफन्तले सुकेको बाँस प्रयोग गरेर तारबाट छुटाएका थिए। गुरुङका दुई छोरा र श्रीमती छन्। प्रहरीले भने घट्नाको आधिकारिक जानकारी आउन बाँकी रहेको जनाएको छ। 

ससुराली जाँदै गरेका पुरुष बाटोमा मृत फेला

यसैबीच खोटाङमा ससुराली जाँदै गरेका पुरुष बाटैमा मृत फेला परेका छन्। खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित ससुराली जानेक्रममा धरान उपमहानगरपालिका–१९ चौकीबारीका ३५ वर्षीय समीर परियार मृत फेला परेका हुन्। दिक्तेलबाट ससुराली जाँदै गरेका परियार सोमबार बिहान दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। परियारको मृत्युको कारण खुल्न सकेको छैन। इन्द्रेणीपोखरीबाट लिन गएका आफन्तले परियारलाई मृत फेला पारेका हुन्। 

प्रकाशित: ४ भाद्र २०७५ १५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App