७ वैशाख २०८१ शुक्रबार
राजनीति

विश्वकर्मालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश

काठमाडौं– सर्वाेच्च अदालतले काभ्रे प्रहरीको थुनामा रहेका विप्लव समूहको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

विश्वकर्माको रिहाईको माग गर्दै वीरेन्द्र विश्वकर्माले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलासले २४ घण्टाभित्र विश्वकर्मालाई अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको हो।

संगठित अपराधको अभियोगमा काभ्रे प्रहरीले जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर विश्वकर्मामाथि अनुसन्धान गरिरहेको छ। 

यसअघि ७ करोड बराबरको चन्दा असुली अभियोगमा विश्वकर्मा साउन २२ गते चाल्नाखेलबाट पक्राउ परेका थिए। तर उनीमाथि लागेका आरोप पुष्टि हुने आधार नदेखिएको भन्दै सर्वाेच्चले रिहा गर्न आदेश दिएको थियो। रिहा भएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले अदालत परिसरबाटै विश्वकर्मालाई पक्राउ गरी काभ्रे प्रहरीलाई जिम्मा लगाएको थियो। 

प्रकाशित: ४ भाद्र २०७५ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App