मृगलार्इ हानेकाे गाेलीले दार्इकाे ज्यान लियाे

सोमबार, ०४ भदौ २०७५, १६ : ३२ मेघराज तामाङ

संखुवासभा - शिकार खेल्न गएका एक युवकको आफ्नै भाईले चलाएको गोली लागि ज्यान गएको छ। ज्यान जानेमा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङ रहेका छन्। तामाङ सहित उनका भाई रत्न बहादुर तामाङ र कृष्णबहादुर तामाङ शिकार खेल्न आइतवार राती फाबिङको जंगलमा शिकार खेल्न गएका थिए। शिकार खेल्ने क्रममा हस्तवहादुरका भाई रत्न बहादुरले मृगलाई हानेको गोली आफ्नै दाईको निधारमुनी लाग्न पुग्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ। 

एक थान भरुवा बन्दुकसहित निधारमा गोली लागेर मृत अवस्थामा तामाङलाई मादी नगरपालिका वडा नम्बर.९ फाबिङमा प्रहरीले फेला पारेको थियो। प्रहरीले कृष्ण र रत्न बहादुरलाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुबाट प्रहरीले २ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाइट बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad