७ वैशाख २०८१ शुक्रबार
समाज

गणतान्त्रिक कालमा पनि रोकिएन नेपालको गैंडा कुटनीति (भिडियो रिपोर्ट)

काठमाडौं– नेपालले चीनलाई उपहार स्वरूप दिएका दुई जोडी गैंडा मध्ये सोल्टी र मितिनी नाम गरेका अन्तिम एक जोडी गैंडा पनि यही भदौ १ गते कार्गो विमानबाट चीनको साङ्घाई लगियो।  त्यसभन्दा एक महिना पहिले असार २८ गते चितवन राष्ट्रिय निकुञ्जले भद्र र रुपसी नाम गरेका केटाकेटी चीनको गोञ्जाउस्थित एक पार्कका लागि पठाएको थियो।

मित्रराष्ट्रहरुलाई दुर्लभ एक सिङ्गे गैंडा उपहार दिने चलन नेपालको कुटनीतिको एउटा अभिन्न पाटो जस्तै भैसकेको छ। नेपालका शासकहरुले विभिन्न शक्ति राष्ट्र र तिनका शासकहरुलाई खुशी पार्न गैंडालाई कुटनैतिक साधनको रुपमा प्रयोग गरेको लामो इतिहास छ।

बेलायती राजा जर्ज पाँचौ १९११ मा नेपाल आउँदा होस् वा बेलायती महारानी एलिजाबेथ द्वितीयको भ्रमण हुँदा इतिहासमा द्विपक्षीय चासोका विषयले भन्दा शिकारका कुराले बढी महत्त्व पाएको थियो।

पछिल्ला तीन दशकमा मात्रै नेपालले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी लगायतका राष्ट्रलाई २६ वटा गैंडा उपहारस्वरूप दिएको तथ्यांकले देखाउँछ। त्यसभन्दा अघि कति गैंडा दिइयो भन्ने यकिन तथ्यांक नेपालसँग छैन। एक सिङ्गे गैंडासम्बन्धी लेखिएका दस्तावेजहरुले नेपालबाट राणाकाल हुँदै गणतन्त्रसम्म आउँदा सयौं गैंडा बाहिर पठाइएको छ भने उपहार दिएको संख्याभन्दा धेरै गैंडा देशी र विदेशी शासकहरुको शिकार भएको देखिन्छ।

प्रकाशित: ४ भाद्र २०७५ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App