coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर बृद्धिकाे बचाउमा सत्तारूढ, विराेधमा विपक्षी

फाइल तस्बिर

काठमाडौं– स्थानीय निकाय गठनपश्चात जनतामा विभिन्न खालका कर लगाउने र करका दर पनि बढाइएका समाचार सार्वजनिक भइरहेका समयमा प्रतिनिधि सभाको सोमबारको बैठकमा भने सत्तापक्ष संसाद कर वृद्धिका समाचारलाई भ्रामक भन्दै बचाउँमै लागे भने विपक्षीले यसलाई सरकारको ६ महिने उपलब्धि भन्दै आलोचना गरे।
सत्तारुढ नेकपका सांसदले विभिन्न स्थानीय निकायले निर्धारण गरेका करका दर लाई सञ्चारमाध्यमले अनावश्यक चर्चामा ल्याएको बताए। सरकार र संघीय शासन प्रणालीकै विरुद्धमा प्रहार हुन लागेको भन्दै नेकपा सासद्हरुले सरकारको ध्यानाकर्षण गरेका छन्। 
प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै नकपाकी सांसद पम्फा भूषालले कर वृद्धिकाबारेमा भ्रमपूर्ण समाचारहरु सार्वजनिक भइरहेको भन्दै  यस्तै भ्रमपूर्ण समाचारका आधारमा संघीयता विरोधीले टाउको उठाउन लागेकोे दाबी गरिन्। उनले सरकारलाई समयमै यस्ता भ्रम चिर्न र सचेत हुन आग्रह गरिन।
सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहको करका बारे भ्रम छर्न मिडिया नै प्रयोग भएको आरोप लगाए। 
उता नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाालले भने सरकारले जतासुकै करको आतंक फैलाएको आरोप लगाइन्। निम्नस्तरका जनतालाई पनि करले प्रताडित गरेको भन्दै यस्ता कर फिर्ता लिने निर्देशन दिन सरकारसँग माग गरिन्। ‘मकै पोलेर बेच्ने माथि कर, डोकोमा तरकारी बेच्नेमाथि कर, विद्यालय जाने बच्चालाई पुल तर्दा कर, समृद्ध नेपाल सुखी नेपालको कल्पना यही यो ? प्रस्न राख्दै उनले भनिन, ‘जनताको गास बास र कपासजस्ता न्यूनतम आवश्यकताका कुरामा कर लगाइनु हुन्न।’ 
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कर प्रणाली नै खोटपूर्ण रहेको औल्याइन। कर किन तिर्ने भन्नेमा जनता नै ससंकित रहेको उनले औल्याइन्। ‘कर जथाभावी लगाएको देखिन्छ । सिस्टमा नै भएन,’ उनले भनिन्, ‘प्रशासनिक खर्चका लागि जनता कर तिर्न तयार छैनन्। विकासका लागि हो भने उनिहरुलाई आश्वस्त पार्न सक्नुपर्छ।’
यसअघि संसदको सुन्य समयमा नेपाली कांग्रेस सांसद उमेश श्रेष्ठले  दुई तिहाईको सरकारको ६ महिने उपलब्धी नै कर आतंक सृजना गर्नु रहेको आरोप लगाए। 
संसाद कृष्ण रिजालले कतिपय स्थानीय निकायले नजानेर कर लगाएको भन्दै बचाउ गरेका थिए। उनले समाजिक सञ्जालमा यस्ता अन्जानमा भएका करलाई राष्ट्र व्यापीरूपमा हल्ला पैmलाउने काम भएको दाबी गरे।  
संसाद घनस्याम खतिवडाले करको विषयलाई सामाजिक सञ्जालमा उचालेर सरकारलाई बदनाम गराइँदै गरेको भन्दै स्थानीय तह लाई गैरकानुनी कर लगाउन रोक्ने पहल गर्न सरकारसँग माग गरे। ‘बजारमा कर बढ्यो भनेर मुल्य वृद्धि गर्ने काम पनि भइरहेको छ, उनले भने, यस्लाई सरकारले नियन्त्रण गर्न तत्काल पहल थालोस।’

 

प्रकाशित: ४ भाद्र २०७५ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App