coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष गर्ने

भक्तपुर–नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक भारतीय विस्तारवादविरुद्ध संघर्षलाई कायमै राख्ने निर्णय गर्दै बुधबार भक्तपुरमा सकिएको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको दुईदिने बैठकले अमेरिकी साम्राज्यवादले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा गर्दै आएको हस्तक्षेपको विरोधमा पार्टीले चलाउँदै आएको वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्षलाई यथावत राख्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा अध्यक्ष बिजुक्छेले अमेरिकाले चीनलाई अन्य देशहरूसँग भिडाउन खोजेको बताउँदै चीनलाई युद्धमा फसाउनु साम्राज्यवादीहरूको दुःस्वप्न भएको बताए ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपालको हितविपरीत सन्धि सम्झौता नगर्न नेपाल सरकारलाई सचेत गराउने, नेपाल भारत खुला सीमा नियमित गरी दुई देशबीचका हराएका ११ सयभन्दा बढी सीमा स्तम्भ यथास्थानमा कायम गर्नुपर्ने लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित गरेको जनाइएको छ ।

प्रकाशित: २९ भाद्र २०७३ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App