मुम्बई – बलिउडमा अभिनेता आमिर खान ‘मिस्टर परफेक्सनिस्ट’का रुपमा परिचित छन् । उनका हरेक फिल्मले करोडौं कमाउँछन् र वग्रेल्ती हुने अवार्डमा अवार्ड पनि पाउँछन् । तर आफू अभिनित फिल्मले जति अवार्ड जिते पनि आमिर स्वयं भने अवार्ड कार्यक्रममा सरिक हुँदैनन्। सन् १९९२ देखि आमिर कुनै पनि अवार्ड कार्यक्रममा देखिएका छैनन् । एकसे एक हिट फिल्म दिइसकेका आमिर किन अवार्डमा सहभागिता जनाउँदैनन् भनेर आम मानिसमा चासो छ । उनी अवार्डमा नजानुको आफ्नै किस्सा छ।
सन् १९९२ मा बलिउडमा तीन ठूला फिल्म रिलिज थिए । जसमा अनिल कपुरको ‘बेटा’, अमिताभ बच्चनको ‘शंहशाह’ र आमिरको ‘जो जिता वही सिकन्दर’ थिए । यी तिनवटै फिल्म एकअर्काका कडा प्रतिष्पर्धी थिए । तीनै फिल्मका प्रमुख कलाकारलाई दर्शकले अधिक रुचाएका थिए । तीनवटै फिल्म ‘फिल्मफेयर अवार्ड’को पनि मनोनयनमा थिए।
आमिरलाई यो समयमा दर्शकले आफूलाई दिएको माया अनुसार आफूले अवार्ड पाउनेमा ढुक्क थिए । तर फिल्म फेयर अवार्डको जुरीले फिल्म ‘बेटा’का लागि अनिल कपुरलाई ‘बेस्ट एक्टर’को अवार्ड दिए । यो अवार्डपछिका दुई संस्करणमा पनि आमिरका फिल्मले अवार्ड पाएनन्।
दुई संस्करणको अवार्ड पछि आमिरको फिल्म ‘हम हैं राही प्यार के’ र ‘रंगीला’ रिलिज भए । दुवै फिल्मले राम्रो व्यापार गरे । दर्शकको माया आमिरले पाए पनि फिल्मफेयरदेखि आइफासम्म कुनै अवार्ड उनले पाएनन् । उनको सट्टा ‘बाजीगर’ र ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’का लागि शाहरुख खानले ‘बेस्ट एक्टर’को अवार्ड पाए।
आमिर अवार्डमा विश्वास राख्दैनन् । उनले सन् १९९६ मा फिल्म ‘राजा हिन्दुस्तानी’का लागि ‘बेस्ट एक्टर को अवार्ड’ पाएका थिए । त्यसयता उनले ‘लगान’, ‘रंग दे बसन्ती’, ‘दंगल’ आदि फिल्मबाट पनि उत्कृष्ट अभिनेताको पुरस्कार जितिसकेका छन् तर आमिरले कुनै पनि अवार्ड लिन गएका छैनन् । अवार्डको विश्वसनीयता नै आमिरले अवार्ड समारोह बहिष्कार गर्ने मुख्य कारण मानिँदै आएको छ।
प्रकाशित: ४ भाद्र २०७५ ०७:२३ सोमबार