coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कालीमाटीमा विभागको अनुगमन, दुई गाडी नियन्त्रणमा

कालीमाटी तरकारी बजार। फाइल फाेटाे

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले आज विहानै कालीमाटी तरकारी बजारबाट दुई तरकारी बोक्ने गाडी नियन्त्रणमा लिएको छ।

विहानै तीन वजे अनुगमनका लागि कालीमाटी पुगेको विभागको १२ जनाको टोलीले उपत्यका बाहिरबाट फर्सी, काक्रो लगायतका तरकारी लियर आएका गाडिसँग बिलविजकलगायतका काजात नभेटिएपछि नियन्त्रणमा लिइएको अनुगमन समितिका सदस्य दिपकराज पोख्रेलले बताए। दुवै गाडीलाई महानगरिए प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको उनले बताए। एक जना ड्राइभर पनि पक्राउ परेको र अर्को फरार रहेको पोख्रेलले जानकारी दिए।

गाडी नियन्त्रणमा लियर थप अनुसन्धान थालिएको प्रोख्रेलले बताए। अनुगमनका क्रममा अन्य पसलमा पनि अनुगमन गरिएको थियो।

विना जान्कारी अनुगमन गरिएको भन्दै व्यापारिहरुले अनुगमनमा अवरोध पुर्याउन खोजेको पोख्रेलले बताए।

प्रकाशित: ४ भाद्र २०७५ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App