coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पूर्वराजदूत केशव झा मृत फेला, हत्या गरिएको प्रहरीकाे आशंका

फाइल फाेटाे

काठमाडौं – पूर्वराजदूत केशव झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। टाउँको र निधारमा चक्कुको गहिरो चोट लागेको अवस्थामा उनको शब फेला परेको हो।

घटनास्थलमा रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाका अनुसार उनको टाउँको र निधारमा गहिरो चोट लागेको छ। घर बाहिरबाट ताला लगाएको र उनकै भान्सामा रहेको चक्कुले उनीमाथी आक्रमण भएकाले हत्याको आशंका गरिएको लामाले बताए।  

घरमा श्रीमति, एक कामदार र झा मात्रै बस्दै आएका थिए। श्रीमान श्रीमति अलग–अलग कोठामा सुत्ने र विहान अवेरसम्म श्रीमान नउठेपछि झाकी श्रीमति उठाउँन जाँदा उनलाई मृत अवस्थामा देखेकी थिइन्।

उनकी श्रीमतिले प्रहरीलार्इ खबर गरेपछि घटनास्थल पुगेकाे प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ। झाले नेपालका लागि  फ्रान्सको राजदूतको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: ४ भाद्र २०७५ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App