१८ अाैं एसियाली खेलकुद

निमाको प्रदर्शनमा सुधार

सोमबार, ०४ भदौ २०७५, ०९ : ३९ अजय फुयाल

जकार्ता - नेपालले एसियाली खेलकुदमा पदक आशा गरेको मुख्य खेलमध्येको एक उसुमा आइतबार कुनै सफलता हात लाग्न सकेन।

थाउलुमा विजय सिंजालीको यात्रा १९ प्रतिस्पर्धीमध्ये १६औं स्थानमा सीमित भएपछि सकियो भने दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदकधारी निमा घर्ती मगरको सुरुआत पनि सुखद रहेन। थाउलुको अलराउन्ड स्पर्धाअन्तर्गत नान छ्वानमा ८.७० स्कोर गरेकी निमा १२ सहभागिमध्ये ११औं स्थानमा सीमित भइन। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा उनको स्कोर ८.४३ मात्र थियो । नान छ्वानमा चीनका लु ताङ ९.७५ स्कोरका साथ शीर्ष स्थानमा रहँदा मलेसियाका तान योङ मिन ९.७१ अंकका साथ दोस्रो तथा उज्वेकिस्तानकी लाहिसेभा ९.०० स्कोरका साथ तेस्रो स्थानमा छन् । निमाले सोमबार नान ताओमा प्रतिस्पर्धा गर्नेछिन्। नान ताओको पनि स्कोर आएपछि समग्र स्कोरका आधारमा विजेता तथा अन्य खेलाडीको पोजिसन निर्णय हुन्छ।

त्यसअघि जी एक्स्पो उसु हलमा विजयको स्पर्धामा चीनका सुन पेइयोनले स्वर्ण, इन्डोनेसियाका मार्सेलो एडगर जाभेरले रजत तथा चाइनिज ताइपेईका तासी तेस्मिनले कांस्य पदक जितेका थिए।

थाउलुका प्रशिक्षक शैलेन्द्र श्रेष्ठले विजयको प्रदर्शन औसतभन्दा माथि उठन नसकेको बताए । निमाको प्रदर्शनमा भने राम्रो सुधार देखिएको उनको प्रतिक्रिया थियो। ‘यहाँको प्रदर्शनका आधारमा हामीले दक्षिण एसियाली खेलकुदका लागि राम्रो आशा राख्न सक्छौं,’ उनले भने।

यसै गरी आइतबारै सम्पन्न सान्सौंअन्तर्गत महिला ५२ केजी तौल समूहमा जुनी राई भियतनामकी थी थु थुई एनगुएनसँग २–० को नतिजामा पराजित भइन । घुँडाको चोटका बावजुद प्लेटफर्ममा उत्रिएकी जुनीले कुनै पनि समय विपक्षीलाई चुनौती दिन सकिनन् । दुई महिनाअघि जोर्नीमा समस्या आएपछि उनले झन्डै तीन साता आराम गर्नुपरेको थियो।

सान्सौको पुरुषतर्फ आइतबार ६० केजी तौल समूहअन्तर्गत अन्तिम १६ को खेलमा मंगलप्रसाद थारूले आयोजक इन्डोनेसियाका अब्दुल ह्यारिस सोफ्यानलाई सुपेरियरिटीको आधारमा नतिजा सुम्पिए । दुई प्रतिस्पर्धीबीचको स्कोरमा ठूलो अन्तर भएपछि रेफ्रीले जुनसुकै बेला खेल रोकेर अग्रता लिने खेलाडीलाई सुपेरियरिटीका आधारमा विजेता घोषित गर्छन् । मंगलप्रसाद पनि कमजोर प्रदर्शनका कारण खेल सुरु भएको एक मिनेट नबित्दै विपक्षीको स्कोर उनले भेट्टाउनै नसक्ने भएपछि रेफ्रीले अब्दुललाई विजेता घोषित गरेका थिए। मंगलप्रसादको एसियाली खेलकुदमा यो लगातार तेस्रो सहभागिता हो । उनले यसअघि २०१० मा चीनको ग्वान्झाउ तथा २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न पछिल्ला दुई संस्करणमा पनि सहभागिता जनाएका थिए।

यसै गरी पुरुष ७० केजी तौल समूहको अन्तिम १६मा  नेपालका चित्रसिंह ठकुरी दक्षिण कोरियाका ग्वान्सिक हामसँग २–० को नतिजामा पराजित भए।  

कबड्डी :
थिएटर गरुडामा भएको समूह ‘बी’ को खेलमा नेपाली कबड्डी टोली आयोजक इन्डोनेसियासँग ३३–२९ को प्रतिस्पर्धात्मक नतिजामा पराजित भएको छ । समूहको अर्को खेलमा मंगलबार जापान तथा बिहीबार पाकिस्तानसँग खेल्नेछ ।

नेपाल समूहचरणमै सीमित

काठमाडौं – समूहचरणको अन्तिम खेलमा आइतबार पाकिस्तानलाई २–१ को नतिजा सुम्पिएसँगै कम्तीमा दोस्रो चरण पुग्ने लक्ष्यसाथ इन्डोनेसिया पुगेको नेपाली फुटबल टोली एसियाली खेलकुदको पहिलो चरणबाटै  बाहिरिएको छ।

आइतबार प्यट्रियोट चन्द्रभागा रंगशालामा सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा नेपालले सुरुमै लिएको अग्रता जोगाउन नसक्दा दोस्रो चरण पुग्ने झीनो आशा सकिएको थियो।

१९८२ पछि नेपाली फुटबल टोलीको खातामा एउटा गोल थपिएको छ। तथापि त्यो गोल नेपाली खेलाडीको नाममा भने रहेन । १२औं मिनेटमा पाकिस्तानका युनस शहबाजले गरेको आत्मघाती गोलमा नेपालले अग्रता लिएको थियो । ५५औं मिनेटमा पाकिस्तानका बिलाल मुहम्मदले बराबरी गोल फर्काए। खेल सकिन १९ मिनेट बाकी हुँदा हुुसेन सद्दामले पेनाल्टीमा गोल गर्दै पाकिस्तानको जित पक्का गरे । जितपछि ३ अंक जोडेको पाकिस्तान समूह ‘डी’ को तेस्रो स्थानमा उक्लिएको छ । नेपाल अंकविहीन बन्दै घर फर्किंदा पाकिस्तानले तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीभित्र रहेर अन्तिम १६ मा स्थान बनाउने सम्भावाना जीवित राखेको छ।

यसअघि समूहको पहिलो खेलमा जापानलाई १–० र दोस्रो खेलमा भियतनामलाई २–० को नतिजा सुम्पिएपछि अघिल्लो चरण  प्रवेश गर्ने नेपालको सम्भावना सकिएको थियो। यद्यपि प्रतियोगितामा ६ समूहका शीर्ष दुईले सीधै अन्तिम १६ मा स्थान बनाउने र तेस्रो स्थानमा रहेका उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउने भएकाले नेपालसामु पाकिस्तानलाई हराएर तेस्रो टोलीको उत्कृष्ट चारभित्र पर्र्ने अवसर बाँकी थियो। तर, पाकिस्तानसँग पारजित भएपछि नेपालको सपना समाप्त भएको छ।

आइतबारै समूह ‘डी’ को अन्तिम खेलमा भियतनामले जापानलाई १–० ले पराजित गर्दै समूहविजेता बन्यो। पहिलो दुई खेलमा विजयी नतिजा निकालेका भियतनाम र जापान यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका थिए। भियतनामले ९ अंक जोड्दा जापानको ६ अंक रह्यो। खेलको तेस्रो मिनेटमा एनगुयेन क्वाङ हाईले गरेको गोल भियतनामको जितमा पर्याप्त बन्यो।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad