१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई सातापछि इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

इन्डोनेसिया – इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन्। भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ। दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले चार सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

एपीका एकजना स्थानीय संवाददाताका अनुसार लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको र विद्युत सेवा कटौती भएको छ। तथापि धनजनको क्षतिको विवरण प्राप्त भइसकेको छैन।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको छ भने आजै साँझको अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका छन्। यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन्।

लोम्बोकमा यही अगष्ट ५ मा (१४ दिन अघि) गएको ७.० रेक्टर स्केलको भूकम्पमा परी ४६० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका कारण लाखौं मानिस अझै विस्थापित अवस्थामा छन्। इन्डोनेसियाको पूर्वी क्षेत्र भूकम्पीय जोखिमका रुपमा चर्चित छ। (रासस/एपी)

प्रकाशित: ४ भाद्र २०७५ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App