coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाले नेपालीलाई आत्मनिर्भर बनाउँछ : नेता नेपाल

रौतहट– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समृद्ध मुलुक निर्माण गरी प्रत्येक नेपालीलाई आत्मनिर्भर बनाउन कम्युनिस्ट सरकार अगाडि बढिसकेको बताएका छन्।

रौतहट सदरमुकाम गौरमा आइतवार नेकपा रौतहटले आयोजना गरेको वृह कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले संघीय गणतन्त्रमा विकासको पूर्वाधारलाई प्राथमिकताको सूचीमा राखेर हरेक प्रदेशलाई समुन्नती दिशामा लैजाने जिम्मेवारी नेकपाको काँधमा रहेको बताए। 

प्रदेश २ का प्रदेश सरकारले विधिको शासन कायम गराउन तत्पर भएर लाग्नुपर्ने र यस क्षेत्रका मधेसी, मश्लिम, आदिवासी, जनजाती लगायतका पिछिडिएका समुदायको कायापलट गराउन केन्द्र सरकारले विभिन्न आयोजनाहरुलाई संचालनमा ल्याएर राज्यको मूल धारमा ल्याउन नेकपा बाहेक अन्य कुनै दल नभएको नेता नेपालले ठोकुवा गरे। 

बर्षौ अघि निर्माण भएको पुर्व पश्चिम राजमार्ग सडक खण्ड चौडीकरण हुनुपर्ने, निजगढ काठमाण्डौ फास्ट ट्रयाक, निजगढ अन्तरराष्ट्रिय विमानस्थल, उद्योगिक कोरिडोर, रेल्वे ट्रयाक, कोशी कमलाको पानी डायभर्ट गरेर सिचाइको लागि नहरहरु निर्माण गरी किसानहरुलाई सिंचाईको व्यवस्थापन गर्न यो सरकारको मुख्य जिम्मेवारी रहेको बताउदै नेता नेपालले मधेशलाई विकसित गराउन ठूल ठूला परियोजनाहरु संचालनमा ल्याएर यहाका वेरोजगारीको समस्या समेत समाधान गरी आत्मनिर्भर बनाउनमा जोड दिए। 

मधेशलाई आत्मनिर्भर बनाउन उक्त परियोजनाहरुलाई सफलतापूर्वक सम्पन्न गराउनमा दलगत स्वार्थबाट माथि उठेर हातेमालो गरी निर्माण कार्य सम्पन्न गराई जनताहरुलाई प्रत्यक्ष फाइदा पुर्याउनुपर्ने कार्यमा सबै मिलेर अगाडि बढन सुझाव दिए।

नेकपाका केन्द्रीय सदस्य साँसद प्रभु साहले ७ प्रदेश मध्ये ६ प्रदेशमा कम्युनिष्ट पार्टीको सरकार रहेको र प्रदेश नम्वर २ मा दोश्रो पोजिसनमा रहेर पनि जनताहरुलाई सेवा पुर्याइरहेको उनले बताए। कम्युनिष्टको लाल किलाको रुपमा रहेका रौतहट जिल्लामा १८ वटा स्थानीय तहमा अधिकाँश स्थानमा गैर नेकपा आएकोमा दुःख व्यक्त गर्दै आउदो समयमा निकै मेहनत गरेर संगठनलाई विकसित गराउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ३ भाद्र २०७५ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App