८ वैशाख २०८१ शनिबार
समाज

समायोजनको माग गर्दै समाजिक परिचालक सडकमा

रुपन्देही- जागिर खोसिएको भन्दै स्थानीय तहमा समायोजनाको माग गर्दै प्रदेश ५ का सामाजिक परिचालकहरु सडक संघर्षमा उत्रिएका छन्। सरकारले आफुहरुको मागको सम्बोधन नगरेपछि सडक संघर्षमा उत्रेको उनीहरुले बताएका छन्। प्रदेश ५ का १२ वटै जिल्लाका ७ सय समाजिक परिचालकहरु ५ दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।

नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्बर ५ ले आईतबार पनि विरोध र्‍याली निकालेको छ। बुटवलका विभिन्न क्षेत्रबाट दैनिक जसो प्रदेश ५ का मुख्यमन्त्री कार्यालय सम्म र्‍याली निकालेका छन्। नेपाल सरकारले ९ बर्षदेखि काम गर्दै आएका देशभरका सामाजिक परिचालकहरुलाई असार महिनाबाट पदमुक्त गरको भन्दै पुन काम गर्ने वातावरणको उनीहरुले मागेका हुन्। सरकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको आधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्न पर्ने संघकी प्रदेश ५ संयोजक रोमा क्षेत्रीको भनाई छ।

विगत ८, ९ बर्ष देखि निरन्तर देशमा जनप्रतिनिधि नभएको समयमा जनप्रतिनिधको दायित्वबोध गर्दै काम गरेको तर अहिले जनप्रतिनिधि आएपछि आफुहरुलाई हटाउन खोजेको संघर्ष समितिका संयोजक कल्पना खनालले बताईन्।  प्रदेश ५ मा ८४५ जना सामाजिक परिचालकहरु छन्। आफ्ना माग पुरा नभएमा आन्दोलनका अरु कार्यक्रम जारी राख्ने खनालले बताइन्। जनप्रतिनिधि नहुँदा समाजका स्थानीय निकायमा काम गर्दै आएका उनीहरुले जनप्रतिनिधि आएपछि आफूहरुलाई अन्याय भएको भन्दै माग पूरा गराउन दैनिक सडक संघर्षमा उत्रेका हुन्। प्रदेशका १२ वटै जिल्लाबाट सामाजिक परिचालकहरु सडक संघर्षमा होमिएका छन्।

प्रकाशित: ३ भाद्र २०७५ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App