coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल भारत सीमामा रहेको महाकाली नदीको पुल पहिरोले क्षतिग्रस्त

दार्चुला- दार्चुलाको उत्तर क्षेत्र महाकालीको  नेपाल भारता सीमा  झोलुंगेपुल पहिरोले क्षतिग्रस्त भएको छ। पुलमा पहिरोले क्षति पुर्‍याएपछि आवतजावत बन्द गरिएको छ। वर्षाका कारण गएराति खसेको पहिरोको कारण पुल जोखिममा रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटको तिग्रममा निर्माण गरिएको नेपाल भारत जोड्न झोलुंगे नेपालतिर ठूलो पहिरो खसेकाले पुल जोखिममा परेकाले सम्भावित दुर्घटना हुन नदिन आवतजावत बन्द गरिएको धौलाकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अमिर रावलले बताए। पहिरो पन्छ्याउने र पुल जोगाउनका लागि सस्पेन्स ब्रीज डिभीजन कार्यालयसंग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए।

महाकाली नदी नियन्त्रण आयोजना लगायतका विभिन्न कार्यालयहरुसंग समन्वय गरी तारजाली लगाएर पुल जोगाउने पहल भइरहेको छ।  यस्तै पुल नजिकै रहेको नेपाल प्रहरीका पोष्ट समेत पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए। त्यसै गरी गएरातीको अविरल वर्षाका कारण हुती इप्रकाको मैदान समेत भत्किएको छ।

तुइनको भरमा नदी वारपार

नेपाल भारते जोड्ने त्यसक्षेत्रको एकमात्रै तिग्रम पुलमा आवत जावत बन्द गरिएपछि स्थानीयहरुले तुइनको भरमा  उर्लदो  महाकालीनदी वारपार गर्नुपर्ने बाध्यता भएको छ। झोलुंगे पुल निर्माण गरिदाँ धौलाकोट लगायत नजिकका स्थानीयहरुले सदरमुकाम आउदाँ जाँदा तिग्रम पुलको प्रयोग गर्ने गरेका थिए। तिग्रम पुलमा आवत जावतमा बन्द भएपछि स्थानीयहरु अहिले तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय दिपक खातीले बताए। महाकाली नदी माथि जिल्लाको उत्तर पश्चिमी सीमा क्षेत्रमा एउटा मात्रै पुल भएकाले पनि विकल्पको रुपमा तुइनको प्रयोग गर्न व्याँसका स्थानीयहरु बाध्य भएका छन्।

प्रकाशित: ३ भाद्र २०७५ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App